ad ad

समाज


भीरबाट कन्टेनर खस्दा चालकको मृत्यु

भीरबाट कन्टेनर खस्दा चालकको मृत्यु

नेपालखबर
असोज २०, २०८० शनिबार ९:२३,

मकवानपुरको थाहा नगरपालिका-१ कुन्छालमा आज बिहान कन्टेनर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा नुवाकोटको बेलकोट नगरपालिका-५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले राससलाई जानकारी दिए।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्डअन्तर्गतको कुन्छालमा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना भएको हो। 

श्रेष्ठको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .