समाज


बझाङमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शनमा उत्रिएका तीन जना पक्राउ

बझाङमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शनमा उत्रिएका तीन जना पक्राउ

नेपालखबर
असोज १९, २०८० शुक्रबार २१:५, काठमाडौँ

बझाङमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अश्लील नारा लगाएको आरोपमा तीन जना पक्राउ गरेका छन्। 

प्रधानमन्त्री प्रचण्ड शुक्रबार दिउँसो भूकम्पपीडितसँग भेट गर्न बझाङ पुगेका थिए। उनी जिल्ला विपद् व्यवस्थापनसँग अन्तक्रिया गर्न प्रशासन पुगेका बेला प्रशासन बाहिर केही स्थानीय युवाले विरोध गरेका थिए।

सुरक्षाकर्मीले रोक्न खोजेपछि केहीसमय प्रशसन बाहिरिको माहोल तनाव बनेको थियो।

प्रशासनको मूलगेटमा लात्ता हानिरहेका युवा र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको थियो। 

प्रधानमन्त्रीविरुद्ध अश्लील नारा लगाएको, हुलहुज्जत गरेको र मान्छेहरुलाई भड्काएको पाइएपछि तीन जनालाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले नेपालखबरलाई जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .