ad ad

समाज


रूपन्देहीमा दुई ट्रक ठोक्किँदा ३ को मृत्यु, ९ घाइते

रूपन्देहीमा दुई ट्रक ठोक्किँदा ३ को मृत्यु, ९ घाइते

नेपालखबर
माघ १४, २०७६ मंगलबार ५:५,

रूपन्देहीकाे रोहिणीमा मंगलबार बिहान दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्।

भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान साढे ५ बजेति आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन् ।

दुर्घटनामा पाल्ही नन्दन गाउँपालिका ४ का लालु कुर्मी र भविकन कुर्मीको मृत्यु भएको हो। अर्का मृतक पूर्णबहादुर भुजेलको ठेगाना खुलिसकेको छैन।

घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको रुपन्देही प्रहरीले जनाएको छ। घाइतेहरुको भैरहवा मेडिकल कलेज र भिम अस्पतालमा उपचार भइरहेको छ।

भीम अस्पतालमा ट्रक चालक तनहुँका विरेन्द्र गुरुङ, पाल्हीनन्दन नवलपरासीका अखिलेश यादव, मनिष धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजन तथा मेडिकल कलेजमा नवलपरासी पाल्हीनन्दन ४ का २७ वर्षीय विनोद धवल, ४० वर्षीय दुधही हरिजन, २७ वर्षीय मोहन राय र ३२ वर्षीय सुवास कुर्मीकाे उपचार भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .