समाज


भद्रकालीमा सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु

भद्रकालीमा सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु

नेपालखबर
असोज १९, २०८० शुक्रबार ६:४१, काठमाडौँ

काठमाडौंको भद्रकालीमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु भएको छ।

गएराति साढे सात बजे भद्रकाली मोडमा सेनाको ट्रकले ठक्कर दिँदा काठमाडौँ महानगरपालिका–१३ ताहचल घर भएकी ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०२ ०१८ प ९२७७ नम्बरको स्कुटरमा सवा शर्मालाई सेनाको प्र.३०१–००१ ग ३७०५ नम्बरको ट्रकले ठक्कर दिएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएकी शर्माको उपचारको क्रममा वीर अस्तालमा मृत्यु भएको हो। 

दुर्घटनापछि ट्रक चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad