ad ad

ग्लोबल


अमेरिकाले युक्रेनलाई दियो, इरानबाट कब्जा गरेको ११ लाख गोली

अमेरिकाले युक्रेनलाई दियो, इरानबाट कब्जा गरेको ११ लाख गोली

नेपालखबर
असोज १८, २०८० बिहिबार १५:५१,

अमेरिकाले इरानबाट कब्जा गरेको करिब ११ लाख गोली युक्रेनलाई दिएको छ। 

अमेरिकी सेनाको सेन्ट्रल कमान्डले गत डिसेम्बरमा इरानले यमनतर्फ पठाउँदै गरेको गोली कब्जा गरेको बताएको छ। ती गोली सोमबार युक्रेन पठाइएको हो।

युक्रेनका सहयोगी मुलुकहरुले हालै युक्रेनले खर्च गर्नेजति गोली गठ्ठा उत्पादनमा कठिनाइ भइरहेको बताएका थिए। 

अमेरिकी सेनाले ती गोली ७.६२ एमएम क्यालिबरको भएको बताएको छ। जो सोभियतकालीन राइफल र एलएमजीमा प्रयोग गर्न सकिन्छ।

यो हेर्दा ठूलो संख्या भए पनि पश्चिमा मुलुकहरुले यसभन्दा कयौँ गुणा गोली युक्रेन पठाइसकेका छन्। अमेरिकाले मात्रै २० करोडभन्दा बढी गोली र ग्रिनेड दिइसकेको छ।

ती गोलीहरु इरानले यमनका हुथी विद्रोहीहरुलाई पठाएको बताइएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .