ad ad

समाज


गोंगबु बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर

गोंगबु बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर

सांकेतिक तस्बिर


नेपालखबर
असोज १५, २०८० सोमबार १८:५७, काठमाडौँ

सडक सुरक्षा तथा सचेतना कार्यक्रमअन्तर्गत काठमाडौंको गोंगबुु बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर भएको छ।

प्रहरी वृत्त नयाँ बसपार्क, लोत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडको आयोजना र ओम चाबहिल डेण्टल हस्पिटल चाबहिल कोटेश्वरकोसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण भएको हो।

चाडपर्व नजिकिँदै गर्दा बस पार्कमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले सवारी चालक र सहचालकको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएकोे बताए।

नयाँ बसपार्क राष्ट्रिय बसपार्क समेत भएकाले धेरै यात्रुहरु भित्रिने र जाने क्रम हुने भन्दै चालकको स्वास्थ्य अवस्था थाहा पाउन नाक, कान, घाँटी, आँखा र दाँत परीक्षण गरिएकोे बताए।

प्रहरी नायव महानिरीक्षक पोखरेलले भने, ‘आईरहेको चाडपर्व र सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम एक हप्ता मनाएका थियौं। त्यो हिसावले नयाँ बस पार्कमा सवारी चालक र सहचालकहरुलाई मध्यनजर गर्दै स्वास्थ्य शिविरको आयोजना गरीएको हो। नयाँ बसपार्क राष्ट्रिय बस पार्क पनि हो। यहाँ नाक, कान, घाँटी, आँखा र दाँतलाई फोकस गरेर निःशुल्क उपचार गरिएको छ।’

त्यस्तै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ट्राफिक सप्ताहको अवसरमा दुर्घटना न्यूनीकरणका लागि चालक र सहचालकलाई स्वास्थ्य परीक्षण गरिएको बताए। उनले लाखौँ नागरिकलाई मेची-महाकाली पुर्याउनुपर्ने दायित्व चालक र सहचालकको भएको भन्दै उनीहरुको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए। उनले सवारी र चालक जहिले पनि स्वस्थ हुनुपर्ने बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाल भने, ‘महान पर्व दशैँ, तिहार, छठ लगायतका पर्व आइरहेका छन्। लाखौँ नागरिकलाई मेची-महाकाली पुर्याउनुपर्ने दायित्व पनि छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने दुई वटा पाटो छ। चालक र सहचालक स्वस्थ हुनुपर्छ र, सवारी चुस्त दुरुस्त हुनुपर्छ। चार पाँच सय जना चालक, सह चालकलाई परीक्षण गर्ने र तत्काल थप उपचार पनि गर्न सकिन्छ भनेर पनि कार्यक्रम भएको हो।’

ट्राफिक सप्ताह अन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .