ad ad

समाज


महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

नेपालखबर
असोज १५, २०८० सोमबार १३:१०, काठमाडौँ

महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन्।

यौन दुर्व्यवहारको आरोपमा पाललाई यसअघि नै निलम्बन गरेर छानबिन गरिएको थियो। छानबिनपछि थप कारबाही हुने देखिएपछि पालले राजीनामा दिएका हुन्।

पालविरुद्ध महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप छ।

महिला हवल्दारलाई एसएसपीले ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाऔं’ भनेको उजुरी परेको थियो।

सोही विषयका कारण बर्खास्तमा पर्ने डरले त्यसअघि नै पालले राजीनामा दिएका हुन्।

प्रहरी प्रधान कार्यालयले घटनाको छानबिनका लागि डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा समिति बनाएको थियो। समितिले पाललाई दोषि देखाउँदै प्रतिवेदन बुझाएको थियो।

 यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .