सोमबार बिहान काठमाडौंबाट पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान काठमाडौं नै फर्किएका छन्।
त्रिभुवन विमानस्थलबाट उडेका दुई जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी काठमाडौंँ फर्किएका हुन्।
त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले पोखराको विमानस्थलको टावरमा पाइलटको सम्पर्क हुन नसकेपछि यति र श्री एयरका जहाज काठमाडाैँ फिर्ता आएको जानकारी दिए।
‘टावरको सञ्चार सेवामा समस्या आउँदा दुई विमान काठमाडौं फिर्ता भएका छन्,’ झाले नेपालखबरसँग भने।
असोज १५, २०८०, साेमबार
849
Shares
प्रतिक्रिया