सरकारले विश्व बसोवास दिवस–२०८० मनाउने भएको छ।
आइतबार पत्रकार सम्मेलन गर्दै शहरी विकास मन्त्रालयले विश्व बसोवास दिवसको अवसरमा कार्यशाला गोष्ठीको आयाजना गरी विश्व बसोवास दिवस २०८० मनाउन लागेको हो।
‘समृद्धि एवं पुनःलाभयुक्त शहरः उत्पादनशील अर्थतन्त्रको आधार’ भन्ने मुल नारासहित विश्व बसोवास दिवस मनाउन लागेको हो। नेपालले सन् १९८६ देखि हरेक वर्ष अक्टोबर महिनाको पहिलो सोमवार विश्व बसोवास दिवस मनाउँदै आएको छ।
पत्रकार सम्मेलनमा बोल्दै विश्व बसोवास दिवस २०८० मुल तयारी समितिका संयोजक सह–सचिव दिलिप भण्डारीले विश्वमा जनसंख्याको ७९ प्रतिशत मानिसहरु शहरी क्षेत्रमा बसोवास गर्ने गरेको बताए।
उनले अहिलेकै अवस्थामा शहरमा बसोवास गर्ने मानिसहरुको दरले निरन्तरता पाए सन् २०५० सम्ममा शहरी जनसंख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको पनि बताए। उनले काठमाडौं उपत्यकामा शहरीकरणको चाप बढ्दै गएको बताए।
उनले शहरी क्षेत्रमा जनसख्या बढ्दै जाने तर शहरी अर्थतन्त्र शिथिल हुँदै जाने विश्व परिदृश्यबाट नेपाल पनि अलग नभएको पनि बताए।
सरकारले अब शहरहरुलाई आर्थिक अवसरको केन्द्रको रुपमा विकास गरी आत्मनिर्भर शहरी विकासमा जोड दिन जरुरी रहेको पनि बताए।
उनले सबै निकायहरुलाई बजेट बनाउन सहजीकरण बनाउने उद्देश्यले बसोवास दिवस मनाउँदै आएको पनि बताए।
पछिल्लो समय रोजगारीको अवसर शहरी क्षेत्रमा हुने भएकाले शहरमा बसोवास गर्ने आउने मानिसहरु रोक्न सक्ने अवस्था नभएको उनले बताए।
Shares

प्रतिक्रिया