ad ad

समाज


मोरङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोरङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

नेपालखबर
असोज १४, २०८० आइतबार १३:१९, मोरङ

मोरङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। 

सुन्दरहरैँचा नगरपालिका–४ मा आइतबार बिहान को १ ख ६१६९ नम्बरको बसले ठक्कर दिँदा सुन्दर हरैँचा ५ का ५२ वर्षीय केदार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको हो।

दुर्घटनापछि बसका चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले पक्राउ गरेर हिरासतमा राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .