कारोबार


पेट्रोलियम पदार्थको मूल्य पुरानै कायम गर्न निर्देशन, बढेको लागू नहुने

पेट्रोलियम पदार्थको मूल्य पुरानै कायम गर्न निर्देशन, बढेको लागू नहुने

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८० आइतबार १३:१९, काठमाडौँ

नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी बढाएको पेट्रोलियम पदार्थको मूल्य लागू नहुने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद्‍को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बढेको मूल्य लागू नगर्न निर्देशन दिएका हुन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बढेको मूल्य रोकेर साविककै मूल्य कायम गर्न आयल निगमलाई निर्देशन दिएको बताएकी छन्।

प्रधानमन्त्रीको निर्देशनपछि आइतबार नै आयल निगमले सूचना जारी गरेर पुरानै मूल्य कायम गर्न लागेको उनले बताएकी छन्।

नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको थियो।

नेपाल आयल निगमले पेट्रोलमा २ रुपैयाँले मूल्यवृद्धि गरेको थियो। त्यस्तै, डिजेल तथा मट्टितेलमा ६ रुपैयाँका दरले मूल्यवृद्धि भएको निगमले जनाएको थियो। 

निगमतका अनुसार पेट्रोलको मूल्य पहिलो वर्ग १८२.५, दोस्रो वर्ग १८४ र तेस्रो वर्ग १ सय ८५ लागू भएको थियो। तर अब प्रधानमन्त्रीको निर्देशनपछि उक्त बढेको मूल्य फिर्ता भएको छ।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
    ad ad