ad ad

समाज


खुट्टा गुमाएकी घिमिरेलाई घरमै गएर दिइयो साढे ३ लाख सहयोग

खुट्टा गुमाएकी घिमिरेलाई घरमै गएर दिइयो साढे ३ लाख सहयोग

नेपालखबर
असोज १३, २०८० शनिबार १९:१५, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी एन्ड्रिसा घिमिरेलाई ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्। 

गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्‌का सचिव शंकर खड्काको पहलमा अमेरिकामा रहेका नेपालीहरूबाट संकलित रकम पूर्वमहामन्त्री कोइरालाले घिमिरेको निवासमा पुगेर हस्तान्तरण गरेका हुन्। 

सहयोग रकम हस्तान्तरण गर्दै डा. कोइरालाले अमेरिकमा बसेर घिमिरेलाई सहयोग गर्ने सहयोगी मनहरूलाई धन्यवाद दिँदै नेपालीलाई समस्या पर्दा विदेशमा रहेका नेपालीहरूको सहयोग महत्त्वपूर्ण हुने गरेको बताए। 

घिमिरेले एसईईपछि कक्षा ११ पढ्न आउने क्रममा गाडी दुर्घटनामा परी खुट्टा गुमाएकी थिइन्। सो रकम हस्तान्तरण कार्यक्रममा गैरअवासिय नेपाली संघ एनआरएनएका उपाध्यक्ष दुर्गा आचार्य र महासचिव गौरीराज जोशीले घिमिरेलाई क्रृत्रिम खुट्टा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। 

सहयोग रकम हस्तान्तरण गर्न निवासमा पुग्दा गैरअवासिय नेपाली संघका अर्का महासचिव डा केशव पौडेलले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारीलाई टेलिफोन सम्पर्क गरी आफ्ना तर्फबाट घिमिरेलाई थप १० हजार रुपैयाँ सहयोग गरेका थिए। 

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत, नेपाली कांग्रेस काठमाडौंका सभापति सवुज बाँनिया, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री दीपक भट्टराई, नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसी, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सचिव बद्री भट्टराई, नेपाली कांग्रेस बागमति प्रदेश सदस्य कल्पना खड्का, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रविन घिमिरको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .