ad ad

समाज


मोरङको केराबारी गाउँपालिकाका १० शिक्षकले त्यागे दलीय आवद्धता

मोरङको केराबारी गाउँपालिकाका १० शिक्षकले त्यागे दलीय आवद्धता

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८० बुधबार ११:५०, काठमाडौँ

मोरङको केराबारी गाउँपालिकाका १० जना शिक्षकहरुले अबदेखि राजनीतिक दलका कुनै पनि भातृ तथा शुभेच्छुक संस्था त्यागेको घोषणा गरेका छन्। उनीहरुले शिक्षकहरुका कुनै पनि संगठनमा पनि आवद्ध नरहने घोषणा गरेका छन्। 

विद्यालय शिक्षा विधेयकको विरोधमा भएको आन्दोलनका क्रममा सरकार र नेपाल शिक्षक महासंघबीचको सहमतिले शिक्षकहरुलाई धोका दिएको भन्दै उनीहरुले दलीय आस्थाबाटट फाइदा नहुने निष्कर्षसहित आवद्धता त्यागको घोषणा गरेका हुन्। 

गाउँपालिकाको आमजुंगी आवसीय विद्यालयका सबै शिक्षकहरुले विज्ञप्ति जारी गर्दै दल र शिक्षकका संगठनहरु गुलाम भएको भन्दै यस्ता संस्थामा बस्नुको औचित्य नरहेको घोषणा गरेका हुन्। 

उनीहरुले दलीय आवद्धता त्याग गर्ने निर्णयसहित हाल आवद्ध र सबै भ्रातृ तथा शुभेच्छुक संस्थाबाट राजीनामा घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .