ad ad

ग्लोबल


बिहारमा साहुले दलित महिलालाई निर्वस्त्र पारी दुर्व्यवहार गरेको आरोप

बिहारमा साहुले दलित महिलालाई निर्वस्त्र पारी दुर्व्यवहार गरेको आरोप

नेपालखबर
असोज ८, २०८० सोमबार १९:३०, काठमाडौँ

भारतको बिहार राज्यअन्तर्गत पटना जिल्लामा एक साहूकार र उनका सहयोगीहरूले एक दलित महिलालाई निर्वस्त्र पारी कुटपिट गर्दै मुखमा पिसाब फेरेको आरोप लागेको छ। 

बीबीसी हिन्दीका अनुसार ऋण तिरिसक्दा पनि साहूले थप पैसा मागेपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार एक प्रहरी अधिकारीले मुख्य अभियुक्त प्रमोद सिंह र उनका छोरा अंशु सिंह फरार रहेको बताएका छन्। उनको गिरफ्तारीको लागि छापा मारी सुरु गरिएको छ।

घाइते महिलाको अस्पतालमा उपचार भइरहेको छ। ऋणको रकम ब्याजसहित तिर्दा पनि दुर्व्यवहार भोग्नुपरेको आरोप महिलाको छ।

के भनिन् महिलाले?
ती महिलाले भनिन्, ‘मेरा श्रीमान्‌ले केही महिनाअघि प्रमोद सिंहसँग १५ सय रुपैयाँ ऋण लिएका थिए र ब्याजसहित फिर्ता गरिसकेका थिए। तर, उनीहरूले थप पैसा मागेका थिए जुन हामीले दिन अस्वीकार गर्‍यौँ।’

यो घटना शनिबार राति पटनाको खुस्रुपुर थाना क्षेत्रअन्तर्गत एउटा गाउँमा भएको हो।

प्रमोद सिंहले फोनमा महिलालाई पैसा नदिए गाउँमा नाङ्गै घुमाउने धम्की दिए। त्यसपछि ती महिलाले प्रहरीमा उजुरी गरिन्।

महिलाका परिवारका सदस्यले पत्रकारहरूलाई भने, ‘उजुरीबारे सोधपुछ गर्न प्रहरीको टोली शनिबार गाउँ गएको थियो, जसबाट प्रमोद र उनका साथी आक्रोशित भए। शनिबार राति करिब १० बजे प्रमोदका केही व्यक्ति घरमा आए र महिलालाई जबरजस्ती प्रमोदको घरमा लगे।’ ,

त्यहाँ महिलालाई कुटपिट र यातना दिएको आरोप छ।

प्रहरीलाई दिएको बयानमा महिलाले भनिन्, ‘प्रमोदले आफ्नो छोरालाई मेरो मुखमा पिसाब गर्न भने र उनले त्यसै गरे। म कसोकसो फुत्केर घर फर्किएँ।’

जेडीयूले के भने?
यस विषयमा जेडीयू नेता केसी त्यागीले महिलालाई हुने कुनै पनि प्रकारका यौन हिंसा लाजमर्दो कुरा भएको उल्लेख गर्दै दोषीविरुद्ध कडा कारबाही गरिने बताएका छन् ।

केसी त्यागीले भने, ‘देशका जुनसुकै भागमा महिला उत्पीडन वा यौन शोषणको घटना भयो भने त्यो खेदजनक र लज्जास्पद विषय हो। दोषीलाई  कडाभन्दा कडा कारबाही गरिने विश्वास दिलाउँछु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .