ad ad

समाज


हाइड्रोपावरको सुरुङमा पुरिएर रामेछापमा एक मजदुरको मृत्यु

हाइड्रोपावरको सुरुङमा पुरिएर रामेछापमा एक मजदुरको मृत्यु

नेपालखबर
असोज ८, २०८० सोमबार १२:११, रामेछाप

रामेछापको गोकुलगंगास्थित खिम्ती खोला (दोस्रो) जलविद्युत आयोजनामा कार्यरत एक जना श्रमिकको माटोले पुरिएर मृत्यु भएको छ।

रामेछापको गोकुलगंगा गाउँपालिका ३ रस्नालुका ३६ वर्षीय आङ्काजी शेर्पाको सुरुङभित्रै पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। 

सुरुङभित्र फलामे रड चेकजाँच गर्ने क्रममा दाहिने साइडबाट ढुंगा माटो खसेर उनलाई पुरेको आयोजनाले जनाएको छ। 

सुरुङको १३ सय मिटरभित्र पुरिएको शव आइतबार साँझ जेसीबीको सहयोगमा निकालिएको प्रहरीले जानकारी दिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .