ad ad

समाज


गाेली बाेकेर जहाज चढ्न लागेका व्यक्ति पाेखरा विमानस्थलमा पक्राउ

गाेली बाेकेर जहाज चढ्न लागेका व्यक्ति पाेखरा विमानस्थलमा पक्राउ

वाशुदेव मिश्र
माघ १२, २०७६ आइतबार १०:२७,

राइफलको गोलीसहित जहाज चढ्न लागेका एक व्यक्तिलाई कास्की प्रहरीले पोखरा विमानस्थलबाटै पक्राउ गरेको छ।

पोखरा–१७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले आइतबार २२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित पक्राउ गरेको हो। उनी यति एयरको बिहान १०ः१५ को उडानबाट काठमाडाैं जाँदै थिए।

विमानस्थलमा चेकजाँचको क्रममा एक्सरे मेसिनले फलामजन्य बस्तु देखाएपछि झोला खोतल्दा गोली फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए। उनका अनुसार गोली के प्रयोजनको लागि कता लैजाँदै थिए भन्नेबारे अनुसन्धान थालिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .