ad ad

समाज


एसबीआई बैंकका कर्मचारीको बैकुण्ठे तालमा डुबेर मृत्यु

एसबीआई बैंकका कर्मचारीको बैकुण्ठे तालमा डुबेर मृत्यु

नेपालखबर
असोज ७, २०८० आइतबार ८:४१, चितवन

चितवनको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा डुबेर एक युवकको मृत्यु भएको छ।

भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिनाको शनिबार नुहाउने क्रममा तालमा डुबेर मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए। 

दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव शनिबार साँझ भेटिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .