बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार जना भारतीय पक्राउ परेका छन्।
जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्य प्रदेशका उनीहरूलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।
पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन्।
उनीहरूले सेकेन्ड ह्यान्ड मोबाइल बनाउन काठमाडौँ जान लागेको दाबी गरेका छन्। प्रहरीले चोरीको मोबाइल काठमाडौँमा बेच्न लैजान लागेको शङ्का गरेको छ। उनीहरूलाई भन्सार पठाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए। रासस
18
Shares
प्रतिक्रिया