सर्लाही निवासी पुराना कांग्रेस नेता शिवप्रसाद दाहालको निधन भएको छ।
हरिवन नगरपालिका- ११ बासाटोलस्थित आफ्नै निवासमा शुक्रबार बिहान ९१ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
लेखन र अध्ययनमा विशेष रुची राख्ने दाहालले आफूलाई बीपी कोइरालाको असल अनुयायी र जनकांग्रेसको रुपमा चिनाउँदै आएका थिए। उनले केही पुस्तक पनि लेखेका छन्।
पछिल्लो समय भने उनी बुढ्यौलीको कारण कुनै पार्टीमा क्रियाशील थिएनन्।
उनका श्रीमती, चारभाइ छोरा र एक छोरी छन्। ०४८ सालपछिका केही निर्वाचनमा उनले उम्मेदवार बनेर पनि प्रतिस्पर्धा गरेका थिए।
111
Shares
प्रतिक्रिया