ad ad

समाज


गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई

गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई

नेपालखबर
असोज ५, २०८० शुक्रबार ७:३६, काठमाडौँ

प्रेस काउन्सिल नेपालले यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार अग्रज पत्रकार निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ। 

करिब तीन दशकदेखि नेपाली पत्रकारिताका विभिन्न विधामा रही सामाजिक रुपान्तरण, लैंगिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम चलाउँदै आएकी शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको काउन्सिलले जनाएको छ। 

यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ रहेको छ। 

नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिताको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्धितीय योगदान दिएका प्रेस काउन्सिलका पूर्व अध्यक्ष स्व.गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउने उद्देश्यले श्रेष्ठको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो।   

२०५२ साल देखि विभिन्न मिडिया काम गर्दै आएकी निर्मला शर्मा पछिल्लो समय समकोण टिभी कार्यक्रमको उत्पादक तथा प्रस्तोता छिन्।

शर्मासँग बिगत २८ बर्ष देखि निरन्तर रुपमा विभिन्न सन्चार माध्यममा रिपोर्टर हुदै सम्पादकीय नेतृत्वमा रहेर काम गरेको अनुभव छ।

उनले श्री सगरमाथा र एभरेष्ट हेराल्ड राष्ट्रिय दैनिक पत्रिकाको रिपोटर, रेडियो नेपाल र रेडियो नेपालको घटना र बिचार कार्यक्रमको रिपोटर , त्यस्तै गरि सारथी साप्ताहिक, रेडियो सगरमाथा लगायतका संचार संस्थामा काम गरेकी छन्।

हाल उनी खोज पत्रकारिता केन्द्रको उपाध्याय, दक्षिण एशियाली पत्रकार महिला सन्जाल (स्वाम) नेपालको अध्यक्ष र नेपाल पत्रकार महासंघको सल्हाहकार छिन्।

महिला पत्रकारहरुको साझा संस्था सन्चारिका समूहको दुई कार्यकाल अध्यक्ष भएको बेला देशभरिका पत्रकारितामा महिलाहरुको संख्या बढाउनका लागि तालिम र गुणात्मक वृद्धिको लागि उनले निकै मेहनत गरेकी थिइन्। 

काउन्सिलले वि.सं. २०५७ सालमा पहिलोपल्ट यो पुरस्कार अग्रज पत्रकार गोविन्द वियोगीलाई प्रदान गरेको थियो। गत वर्ष यो पुरस्कार अग्रज पत्रकार हरिबहादुर थापा र त्यस घि काउन्सिलका संस्थापक समेत रहेका अग्रज पत्रकार भारतदत्त कोइरालालाई प्रदान गरिएको थियो।

प्रेस काउन्सिलबाट उक्त पुरस्कार पाउने शर्मा पहिलो पत्रकार महिला हुन्। 

प्रेस काउन्सिल स्थापनाको ५४ वर्ष पुगेको अवसरमा यही असोज ६ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शर्मालाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .