ad ad

समाज


छोरीको घर गएकी आमाको भिरबाट लडेर मृत्यु, शव निकाल्न समस्या

छोरीको घर गएकी आमाको भिरबाट लडेर मृत्यु, शव निकाल्न समस्या

नेपालखबर
असोज ३, २०८० बुधबार १२:५, काठमाडौँ

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ ठूलोटारस्थित छोरीको घरमा आएकी एकजना आमाको भिरबाट लडेर ज्यान गएको छ।

उक्त गाउँपालिकामै घर रहेकी ९१ वर्षीया पुतलीमाया घलान छोरीको घरमा पुगेका बेला गत भदौ ३० गतेदेखि हराएकी थिइन्। 

पुतलीमाया छोरीको घरबाट हराएको भनेर भदौ ३१ गते नै प्रहरी चौकी सिस्नेरीमा निवेदन आएपछि खोजी थालिएको थियो। 

आफन्तले खोजी गर्ने क्रममा पुतलीमायाको भिरबाट लडेर मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको  थियो।

पुतलीमायाको छोरीको घरनजिकै भिरबाट करिब २०० मिटर तल खसेर मृत्यु भइसकेको भेटिएको हो। प्रहरी पुगेर पनि उनको शव निकाल्न सकिएको छैन। 

अहिले शव झिक्न बागमती प्रदेश प्रहरी कार्यालयबाट बिपद ब्यवस्थापन युनिट प्रहरी नायव निरीक्षको नेतृत्वमा खटिएको छ। अहिले उक्त टोलीले भिरबाट शव निकाल्दै गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .