ad ad

समाज


विशालसँग कुटपिटको बदला लिँदा अरु तीनजनाको ज्यान लिए सञ्जयले

मोटरसाइकलले ठक्कर दिँदा कुटाइ खाएपछि क्रुद्ध थिए उनी
विशालसँग कुटपिटको बदला लिँदा अरु तीनजनाको ज्यान लिए सञ्जयले

चारजनाको हत्या प्रकरणमा पक्राउ परेका सञ्जय। तस्बिर : सरोज बैजु


नेपालखबर
भदौ ३१, २०८० आइतबार १९:२२, काठमाडौँ

सिन्धुपाल्चोकको बाह्रबिसे नगरापलिका ९ का सञ्जय भण्डारीले धनकुटाको भीरगाउँ गाउँपालिका २  घर भएका १९ वर्षीय विशाल राईसँग मोटरसाइकल दुर्घटनालाई लिएर केही समयअघि विवादमा बदला लिन खोज्दा गैह्री गाउँ हत्यकाण्ड भएको खुलेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयले अनुसन्धानबाट उक्त कुरा खुलेको हो। भण्डारीले काठमाडौंको तीनकुनेस्थित दिव्या स:मिलभित्र शुक्रबार राति भएको चारजनाको हत्यामा आफ्नो संलग्नता स्वीकारिसकेका छन्। 

काठमाडौंको काँडाघारीस्थित दिदीभेनाजुको घरमा बस्दै आएका भण्डारी शुक्रबार दिउँसैदेखि खुकुरीसहितको झोला बोकेर निस्किएको पनि अनुसन्धानले खुलाएको छ।

सञ्जयले खुकुरी प्रहार गरी हत्या गरेका विशालले चलाएको मोटरसाइकलले ठक्कर दिँदा विवाद हुँदा उल्टै आफूलाई कुटपिट गरेपछि क्रुद्ध बनेका भण्डारीले त्यसकै रिसइबी साँध्न चारजनाको ज्यान लिएका छन्। 

उक्त घटनाको प्रतिशोधका कारण प्रतिवादी भण्डारीले बाटो आवतजावत गर्ने क्रममा स:मिलक्षेत्रमा निगरानी गरेका थिए। उनले विशाललाई उक्त घटना भएको स:मिलको टहरोमा पहिले पनि पटक पटक देखेपछि हत्याको योजना बनाएका थिए। 

शुक्रबार बेलुका पनि उनी विशाललाई आज भेट्छु, निहुँ खोज्यो भने छप्काई दिन्छु भन्दै काँडाघारीस्थित दिदी भिनाजुको कोठाबाट खुकुरी र झोलासहित निस्केका थिए।

‘उनी त्यस बेलुका स:मिलको पछाडितर्फ बन्द गेटबाट माथि चढी विशाल राई बस्ने कोठामा पुगेका थिए। त्यहाँ उनलाई तत्काल नदेखेपछि त्यही कोठाको सोफामा बसिरहेको अवस्थामा विशालले आएर कुटपिट गरेको खुलेको छ’, परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले भने, ‘विशालले यहाँ बसेको भनि कुटपिट गरेपछि सञ्जयले रिस थाम्न नसकी खुकुरीले टाउकोमा पटक पटक प्रहार गरेर हत्या गरेका स्वीकारेका छन्।’

त्यसपछि विशालको हत्या गर्ने क्रममा हजुरआमा शुभद्रा भुजेलले कराएको जस्तो लागेपछि आफूलाई चिनेर घटना बाहिर आउने डरले त्यही खुकुरीले टाउकोमा हानेर उनको पनि हत्या गरेका थिए। 

त्यहीबेला पूर्णबहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको देखेपछि उनलाई टाउकोमै पटक पटक खुकुरी प्रहार गरी हत्या गरेको खुलेको छ। 

त्यसपछि पूर्णबहादुरकी श्रीमती अम्बिका भुजेल पनि त्यहीँ आएपछी उनको पनि टाउकोमा नै पटक पटक खुकुरी प्रहार गरी सञ्जयले हत्या गरेका थिए। 

सञ्जयले कुमार भुजेलको शवलाई घिसार्दै त्यही टहराको कुनाको ट्वाइलेटको ढोका छेउमा फालेका खत्रीले बताए। अम्बिकाको शवलाई पानीको कल छेउमा लगेर फालिएको थियो। शुभद्राको शवलाई भने  त्यही काठको गोदाम छेउमा घिसार्दै लगेर सञ्जयले फालेर भागेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .