धनुषाको जनकपुरमा सडकको खाल्डोमा खसेर दुई वर्षीय बालकको मृत्यु एको छ।
सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना निवासी रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार बिहान सबेरै खेल्ने क्रममा बालक घर अगाडिको सडकको खाडलको पानीमा खसेका थिए। बालकलाई नदेखेपछि अभिभावकले खोजी गर्दा उनी खाडलमा मृत फेला परेका हुन्।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
18
Shares
प्रतिक्रिया