नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ।
खतिवडाकी ममतामयी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।
मालतीका एक छोरा र तीन छोरी छन्। उनको आजै दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
42
Shares

प्रतिक्रिया