राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ।
शनिबार राति परेको अबिरल वर्षाका कारण आइतबार बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो।
सडक अपरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत, गुल्मीसँग सडक सम्पर्क टुटेको छ। उक्त खण्डमा पहिरो खसेपछि सवारी चल्न नसकेको बागजुङका ट्राफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले जानकारी दिए।
बागलुङ नगरपालिकाले सडक खुलाउने प्रयास भने गरिरहेको छ। रासस
27
Shares

प्रतिक्रिया