ad ad

समाज


दाङको गणपति तेल मिलमा आगलागी हुँदा २ करोड क्षति

दाङको गणपति तेल मिलमा आगलागी हुँदा २ करोड क्षति

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०८० शनिबार ८:४५, दाङ

दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ। बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको हो। 

सञ्चालक हिमाल बस्नेतले तेल मिलमा आगलागी भएको आफूले एक घण्टापछि मात्र थाहा पाएको बताए।

आगलागी भएको खबर पाएलगत्तै ठूलो सङ्ख्यामा  पुगेका स्थानीय, पानी  ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा केहीबेर अघि आगो नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। 

आगलागीबाट दुई करोडभन्दा बढीको क्षति भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

आगलागीको कारण अझै खुलेको छैन। उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो। तेल मिल सञ्चालक बस्नेत तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .