ad ad

समाज


९५ हजार नक्कली नोटसहित तीनजना मकवानपुरबाट पक्राउ

९५ हजार नक्कली नोटसहित तीनजना मकवानपुरबाट पक्राउ

नेपालखबर
भदौ १५, २०८० शुक्रबार ११:१३, हेटौंडा

प्रहरीले एक हजार दरका ९५ वटा नक्कली नोटसहित दुईजनालाई मकवानपुरको हेटौंडाबाट पक्राउ गरेको छ।

पैदल हिँडिरहेका रौतहटको कटहरिया नगरपालिका ६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र २१ बर्षीय दिपेश दासलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। 

उनीहरु दुवैजनालाई हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाई मन्दिर क्षेत्रस्थित सडकबाट प्रहरीले पक्राउ गरेको हो। 

दुवैजनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याएर सोधपुछ गर्दा नकक्ली नोट मकवानपुरको राक्सिराङ गाउँपालिका-२ बस्ने ४० वर्षीय विजय तामाङबाट ल्याएको बयान दिएका थिए। 

त्यसपछि उनलाई पनि इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले पक्राउ गरेर अन्य दुईजनासहितलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .