ad ad

समाज


‘गौशाला २६’ ले गरिन् आत्महत्या प्रयास

‘गौशाला २६’ ले गरिन् आत्महत्या प्रयास

नेपालखबर
भदौ ९, २०८० शनिबार १७:५८, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले आत्महत्या प्रयास गरेकी छिन्। 

उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले नेपालखबरलाई जानकारी दियो। 

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको आइतबार अन्तिम सुनुवाइको पेशी तोकिएको छ।

जिल्ला अदालतमा मुद्दाको फैसला हुने पेशी तोकिएको एक दिनअघि गौशाला २६ ले आत्महत्याको प्रयास गरेकी हुन्।

प्रहरी स्रोतका अनुसार उनले चिकित्सकले दिएकै औषधि बढी सेवन गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

गतवर्ष भदौमा उनले आफूलाई क्रिकेटर लामिछानेले बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन्।

त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।

जिल्ला अदालतले उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरे पनि सर्वोच्च अदालतले विभिन्न शर्त राखेर उनलाई थुनामुक्त गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .