ad ad

समाज


‘सयौँ थुंगा फूलका हामी, एउटै माला नेपाली’ भाव आत्मसात् गर्न हर्क साम्पाङको अपिल

‘सयौँ थुंगा फूलका हामी, एउटै माला नेपाली’ भाव आत्मसात् गर्न हर्क साम्पाङको अपिल

नेपालखबर
भदौ ८, २०८० शुक्रबार १९:२९, काठमाडौँ

धरान उपमहानगरमा धार्मिक तथा सामाजिक विवादले उग्र रूप लिन थालेपछि त्यहाँका मेयर हर्क साम्पाङले आपसी सद्‌भाव, भाइचारा र एकता कायमका लागि स्थानीय नागरिकलाई अपिल गरेका छन्। 

उनले सबै पक्ष तथा समुदायलाई ‘सयौँ थुंगा फूलका हामी, एउटै माला नेपाली’ को भाव आत्मसात् गर्न अनुरोध गरेका छन्। 

‘विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो सहर धरानमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको छ’, शुक्रबार विज्ञप्ति जारी गरी मेयर साम्पाङले भनेका छन्, ‘समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकाले यस प्रकारको विविधताको नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात् गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सद्‌भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपिल गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .