समाज


झापामा ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार, अवस्था गम्भीर

झापामा ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार, अवस्था गम्भीर

नेपालखबर
भदौ ८, २०८० शुक्रबार ६:४१, झापा

सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिले झापाका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवालमाथि बञ्चरो प्रहार भएको छ।

कटुवाललाई बिहीबार साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका हुन्।

झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए।तीन जना युवा सवार एउटा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरोले कटुवाललाई अचानक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।

घाइते प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको छ। बिर्तामोडको बिएण्डसी अस्पतालमा उनको उपचार भइरहेको छ।

प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ। आक्रमणमा संलग्न युवा मादकपदार्थ सेवन गरेर लठ्ठ भई मोटरसाइकलमा सवार रहेको पाइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad