महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले बर्तमानमा बालबालिकामा लगानी गरेर भविष्यमा राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादनका लागि सरकारले राष्ट्रिय बाल नीति बनाउन लागेको बताएका छन्।
कीर्तिपुर नगरपालिका ७ लाई काठमाडौं जिल्लाको पहिलो बालमैत्री शासनयुक्त वडा घोषणा कार्यक्रममा मन्त्री आचार्यले अहिले बालबालिकामा लगानी गर्न सकेमात्रै भविष्यमा राष्ट्र निर्माण गर्ने जनशक्ति बनाउन सकिने बताए।
आचार्यले राष्ट्रिय बाल नीति अहिले मन्त्रीपरिषदको सामाजिक समितिमा रहेको बताउदै छिट्टै संसदबाट पास गराउने तयारी भइरहेको बताए।
उनले बालबालिका देशका भविश्य भएकाले बालमैत्री शासनयुक्त स्थानीय तह बनाउने काम अत्यन्तै सह्रानिय काम गरेको भन्दै प्रशंसा गरे।
‘कीर्तिपुरकै त्रिभुवन विश्वविद्यालयले जसरी राष्ट्रका लागि जनशक्ति उत्पादन गरेको छ। त्यसैगरि आज यो ऐतिहासिक नगर कीर्तिपूरले बालमैत्री स्थानीय शासन सुरुवात गरेर भविष्यमा राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादन गर्ने काममा एउटा इँटा थपेको मैले महसुस गरेको छु’, उनले भने।
मन्त्री आचार्यले शिक्षा स्वास्थ्य तथा खेलकुद क्षेत्रलाई बालमैत्री बनाउन आवश्यक रहेको बताउदै यी सबै विषय राष्ट्रिय बालनीति आएपछि सम्भव हुने बताए।
Shares
प्रतिक्रिया