समाज


चार फायर गर्दा पनि लागेन, १० घण्टा कुखुराको खोरमा थुनिएको चितुवा भाग्यो

चार फायर गर्दा पनि लागेन, १० घण्टा कुखुराको खोरमा थुनिएको चितुवा भाग्यो

फाइल तस्बिर


नेपालखबर
भदौ ७, २०८० बिहिबार १३:३६, काठमाडौँ

काठमाडौं कीर्तिपुरको एक कुखुरा फार्ममा १० घण्टासम्म थुनिएको चितुवा भागेको छ। 

गएराति करिब १ बजेदेखि कीर्तिपुर नगरपालिका- ४ थापागाउँका कुन्निप्रसाद तामाङले कुखुराको खोरमा थुनिएको चितुवा बिहीबार बिहान ११ बजेतिर भागेको हो। 

वनको प्राविधिक टोलीले डार्ट गर्ने क्रममा मिस फायर हुँदा चितुवा भागेको प्रहरी वृत्त कीर्तिपुरका वरिष्ठ सई हस्तबहादुर तामाङले जानकारी दिए। 

हात्तीसारबाट गएको वनको प्राविधिक टोलीले डार्ट गरेर (लठ्ठिने सुई लगाएर) नियन्त्रणमा लिने प्रयास असफल हुँदा चितुवा खोरको छानो भत्काएर मागेको हो। 

‘प्राविधिक टोलीले चार फायर गर्दा पनि औषधिको सुइले चितुवालाई छोएन,’ सइ तामाङले नेपालखबरसँग भने, ‘पाँचौँ फाइरको तयारी हुँदै गर्दा चितुवा कुखुरा फार्मको छानो भत्काएर नजिकैको जंगलतिर भाग्यो।’

चितुवालाई नियन्त्रणमा लिने प्रयास असफल भएपछि बनको प्राविधिक टोली पनि फर्किएको छ। 

जंगलतिर भागेको चितुवा पनि घाइते अवस्थामा छ। चितुवाको चिउँडोमा चोट रहेको सइ तामाङले जानकारी दिए। 

कुखुराको खोरमा प्रवेश गरेको चितुवाले करिब तीन दर्जनजति कुखुरा मारेको पाइएको छ। 

गएराति १ बजे कुखुरा फार्ममा चितुवा प्रवेश गर्दा फार्म सञ्चालक कुन्निप्रसाद तामाङको चितुवासँग घम्साघम्सी परेको थियो।

चितुवाको आक्रमणबाट तामाङ गम्भीर घाइते भएका छन्। उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .