ad ad

समाज


५.७ किलो अफिमसहित पोखरामा कारोबारी पक्राउ

५.७ किलो अफिमसहित पोखरामा कारोबारी पक्राउ

नेपालखबर
भदौ ३, २०८० आइतबार २०:३९, काठमाडौँ

कास्की प्रहरीले पोखराबाट ५.७ किलोग्राम अफिमसहित तीनजनालाई पक्राउ गरेको छ। 

कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकका अनुसार पोखरामा चार वर्षपछि पुनः अफिम बरामद भएको हो। उनका अनुसउार केन्द्रीय लागुऔषध ब्यूरोसहितको टोलीले पूर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका २ का ४१ वर्षीय दीपेश पुनलाई पोखरा २५ हेमजामा बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो।

उनको साथबाट ५ केजी ७ सय ग्राम अफिम बरामद भएको हो। अफिमको एक केजीको बजार मूल्य एकलाख रुपैयाँ रहेको छ। 

अनुसन्धान गर्दै जाँदा खरिद बिक्रीमा संलग्न रहेका पुथा उत्तरगंगा १ का ४० वर्षीय विराज पुन र बागलु्ङ निसीखोला गाउँपालिका ५ का ४६ वर्षीय तेजेन्द्रबहादुर पुनलाई लेकसाइडबाट पक्राउ गरेको प्रवक्ता विकले जानकारी दिए। 

प्रवक्ता विकले विगत चारवर्ष यता पोखरामा अफिमको कारोबार नभएइरहँदा अचानक ठूलोमात्रामा अफिम बरामद भएको जानकारी दिए। ‘चार वर्षयता अफिमको कारोबार भएको थिएन। अहिले ठूलो मात्रामा बेचबिखनका लागि ल्याएको पाइयो,’उनले भने,‘ गण्डकी प्रदेशको म्यादी र बागलुङका केही ठाउँ र रुकुम पूर्वमा अफिम खेती गरिन्छ। अहिले रुकुम पुर्वबाट अफिम ल्याइएको हो।’

यता, प्रहरीले कास्कीकै छुट्टाछुट्टै स्थानबाट २५ लाख बराबरको लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .