ad ad

समाज


काठमाडौं महानगरद्वारा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था

काठमाडौं महानगरद्वारा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था

नेपालखबर
भदौ ३, २०८० आइतबार १६:४२, काठमाडौँ

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ।

गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए।

उनका अनुसार संघीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी रू १५ दिँदै आइरहेकामा महानगरले गत वर्षदेखि रू १० थप गरेर रू २५ बनाएको थियो।

सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको रू १५ मा महानगरले रू १५ थप गरी रू ३० पुर्‍याएको कोइरालाले बताए।

भदौदेखि कक्षा ६ देखि कक्षा १० सम्मलाई पनि दिवा खाजाको व्यवस्थापन गर्न महानगरअन्तर्गत शिक्षा विभागले विद्यालयलाई पत्राचार गरेको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .