निरोज कट्टेलको ‘२०२८ झापा विद्रोहको अर्न्तकथा’ पुस्तक विमोचन गरिएको छ। पुस्तककाे विमाेचन नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराई र पत्रकार तथा लेखक सुधीर शर्माले गरे।
राजधानीको मण्डला थियटरमा शनिबार दिउँसो पुस्तक विमोचन गरिएको हो।
विमोचनका वक्ता भुसालले आफूले भन्दा राम्रो पुस्तक लेखेको भन्दै कट्टेललाई बधाई दिए। उनले भने, ‘मैले राधेश्याम अधिकारीसँगको कुराकानीमा आधारित रहेर लेख्न आँटेको पुस्तक भन्दा यो पुस्तक राम्रो छ। म किशोरावस्तामा रहँदा दाजुले झापा विद्रोहको कथा सुनाउँनुहुन्थ्यो। ती कथाले एक खालको ऊर्जा दिन्थ्यो।’
पुस्तक लेख्न आफूलाई ८ वर्ष लागेको लेखक कट्टेलले बताए। ‘म एकीकृत समाजवादीमा संलग्न भएका कारण पनि पुस्तक लेख्ने कि नलेख्ने भन्नेमा थिएँ। साथीहरूले छलफल मात्र होइन पुस्तक लेख्नुपर्छ भनेर हौसला दिनुभयो,’ उनले भने।
झापा विद्रोहमा संलग्नसँग भेटेर लेखिएको गैर आख्यान यस पुस्तक बेला पब्लिकेसनले प्रकाशनमा ल्याएको हो।
Shares
प्रतिक्रिया