पद्मश्री साहित्यिक पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ।
दोस्रो चरणको सूचीका १५ वटा पुस्तकमध्येबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए।
उत्कृष्ट पाँच पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओजाको ऐंठन, डा.देविप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा.नवराज केसीको शून्यको मूल्य रहेका छन्।
यो पुरस्कारका लागि एक सय ८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए।
अन्तिम पाँचमा छनोट भएको यीनै पुस्तक मध्येबाट उत्कृष्ट एक पुस्तकका लेखकले पद्मश्री पुरस्कार पाउनेछन्।
२०६३ सालदेखि पद्मश्री साहित्यिक पुरस्कार प्रदान गर्न थालिएको हो।
५० हजार राशिको पद्मश्री पुरस्कार भानु जयन्तीको दिन एक समारोहबीच प्रदान गरिने छ ।
Shares

प्रतिक्रिया