ad ad

समाज


प्रधानसेनापति शर्मा दिल्ली जाँदै, भारतले सेनालाई दुईवटा हेलिकोप्टर अनुदानमा दिने

प्रधानसेनापति शर्मा दिल्ली जाँदै, भारतले सेनालाई दुईवटा हेलिकोप्टर अनुदानमा दिने

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०८० बुधबार १३:७, काठमाडौँ

भारतले नेपाली सेनालाई दुईवटा एडभान्स लाइट हेलिकोप्टर (एएलएच) अनुदानमा दिने भएको छ।

भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई अनुदान सहायतास्वरुप दिइने ‘ध्रुव’ नामका दुई एडभान्स लाइट हेलिकोप्टरको सम्झौताका लागि प्रधान सेनापति प्रभुराम शर्मा असोज ७ गते भारत जाँदैछन्। उनी असोज ११ सम्म त्यहीँ रहनेछन्।

भारत भ्रमणका क्रममा शर्माले त्यहाँका सुरक्षा प्रमुख अनिल चौहान र भारतीय सेनाका प्रमुख मनोज पाण्डेसँग भेटवार्ता गर्नेछन्। 

जनरल अनिल चौहान भारतका दोस्रो सुरक्षा प्रमुख हुन्। नेपाली सेनालाई दुईवटा हेलिकोप्टर दिने सम्झौता भए पनि नेपाल आउन केही महिना लाग्ने भारतीय स्रोतले जनाएको छ। 

यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा नोभेम्बर २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका थिए। 

त्यसबेला मोदीले एउटा एडभान्स लाइट हेलिकोप्टर अनुदान सहयोग दिएका थिए, जुन हेलिकोप्टर नेपाली सेनाले प्रयोग गर्दै आएको छ।

त्यसअघि २०१३ मा पनि यही दुईवटा हेलिकोप्टर भारतले नेपाली सेनालाई दिएको थियो। 

५.५ टनका यी हेलिकोप्टर भारतले सैनिक र सिभिल प्रयोगका लागि मिल्ने गरि डिजाइन गरेको छ। 

जुन यसअघि भारतले मौरिसस, मालदिभ्स र इक्वयडरलाई पनि दिएको छ। यो हेलिकोप्टरको मूल्य ७ देखि ९ मिलियन अमेरिकी डलर पर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .