त्रिभुवन विमानस्थलबाट ३१ लाख ८० हजार रुपैयाँसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।
विमानस्थलस्थित अध्यागमन कार्यालयले चिनियाँद्वय झाओ हुई र ताङ जिनलाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो।
अध्यागमन कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई बुझाएको छ।
पक्राउ परेका चिनियाँलाई भोलि (बुधबार) राजश्व विभागमा बुझाउने तयारी गरेको सीआईबीले जनाएको छ।
156
Shares
प्रतिक्रिया