सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका-१ का वडाध्यक्ष ३८ वर्षीय सुशीलकुमार चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
गएराति पूर्वपश्चिम राजमार्गमा पर्ने अग्निसाइर कृष्णा सवरण गाउँपालिका-१ मा भएको मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३६ प ५३०६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।
तिब्रगतिमा रहेको मोटरसाइकल आफैँ अनियन्त्रित भइ पल्टिँदा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया