ad ad

समाज


सुन प्रकरण : पक्राउ परेका अदुकियालाई राजस्वले बुझ्न मानेन, विमानस्थलमै फर्काइयो

सुन प्रकरण : पक्राउ परेका अदुकियालाई राजस्वले बुझ्न मानेन, विमानस्थलमै फर्काइयो

नेपालखबर
साउन २६, २०८० शुक्रबार १९:१७, काठमाडौँ

साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा शुक्रबार पक्राउ परेका ३० वर्षीय रोहन अदुकियालाई राजस्व अनुसन्धान विभागले जिम्मा लिन अस्वीकार गरेको छ।

उक्त तस्करी प्रकरणमा आफूहरुको खोजीको सूचीमा नरहेको भन्दै राजस्वले उनलाई लिन अस्वीकार गरेको हो।

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख अर्जुन चन्द ठकुरीले अदुकियालाई शुक्रबार दिउँसो राजस्व अनुसन्धान विभागमा लगे पनि  बुझ्न अस्वीकार गरेको बताए। 

राजस्वले बुझ्न इन्कार गरेपछि अदुकियालाई फर्काएर विमानस्थल अध्यागमन कार्यालयमै जिम्मा लगाएको ठकुरीले बताए। 

अदुकियालाई पक्राउ गर्न राजस्व अनुसन्धान विभागले अध्यागमन विभागमा पत्र पठाएको थियो।

राजस्वको पत्रअनुसार अदुकियाको राहदानी कालोसूचीमा राखेर निगरानी गरिरहेको थियो। 

शुक्रबार उनी दिल्लीबाट काठमाडौं उत्रिएपछि चेकजाँच गर्दा अध्यागमनको टोलीले प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो। 

राजस्वले नै पक्राउ गरी बुझाउनु भनी पत्र पठाएकाले उनलाई शुक्रबार नियन्त्रणमा लिएर त्यही कार्यालयमा पठाइएको थियो।

तर सुन तस्करी प्रकरणको अनुसन्धान राजस्वले एक साताअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बुझाइसेकाले उनलाई लिन अस्वीकार गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .