ad ad

समाज


जटिल बन्दै बेचबिखनमा परेका महिलाहरुको पुनर्स्थापना

जटिल बन्दै बेचबिखनमा परेका महिलाहरुको पुनर्स्थापना

नेपालखबर
साउन २६, २०८० शुक्रबार १७:४५, काठमाडौँ

विभिन्न देशमा बेचबिखनमा परेका किशोरी र महिलाहरुको पुनर्स्थपाना झन् जटिल बन्दै गएको सरोकारवालाहरुले बताएका छन्।

महिला बेचबिखनविरुद्ध लामो समयदेखि सक्रिय शक्ति समूहले शुक्रबार ललितपुरमा गरेको एक कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन्। 

महिला बेचबिखनविरुद्ध थालिएको ‘मुक्ति साउथ एशिया परियोजना’ परिचयात्मक कार्यक्रमका क्रममा सरोकारवाला संस्थाका सहभागीहरुले राज्यका सबै संयन्त्र र गैरसरकरी क्षेत्रले मिलेर यसमा काम गर्नुपर्ने बताए। 

शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङले बेचबिखनमा परेका महिलाहरुमा मानसिकदेखि शारीरिक समेत अनेक किसिमका जटिलता देखिने भएकाले समाजामा पुनर्स्थापना सहज नभएको बताइन्। 

त्यसैगरी उक्त परियोजना संयोजक उर्मिला श्रेष्ठले राज्यका संयन्त्रहरु र गैरसरकारी क्षेत्रबीच सहकार्य र समन्वय बलियो भए मात्रै महिला बेचबिखन कम हुन सक्ने बताइन्। 

त्यस्तै काठमाडौं महानगरपालिकाकी प्रतिनिधि भवानी बोडेले २९ वटा वडामा मानव बेचबिखन नियन्त्रण अभियान चलाइएको बताएकी छन्। अन्य तीन वडामा पनि उक्त अभियान पुर्‍याउन लागिएको उनको भनाइ थियो। 

उनले बेचबिखनमा परेका महिलासहितलाई एक वडा एक उत्पादनको नारा दिएर रोजगारी बढाउने प्रयास भइरहेको बताइन्। त्यसो भएमा पीडित महिलाहरुलाई समाजमा पुनर्स्थापना पनि सहज हुने उनको भनाइ थियो।

उक्त कार्यक्रमा विभिन्न सरकारी निकायका प्रतिनिधि, राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि र सञ्चारकर्मीसहित सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .