काठमाडौंबाट बिहीबार दिउँसो भैरहवा विमानस्थलका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएको छ।
उडान नम्बर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि जहाजलाई काठमाडौं विमानस्थलमा अवतरण गराइएकाे बुद्ध एयर प्रालिले जानकारी दिएको छ।
बुद्धले उक्त नाइन एन एनपी कलसाइनको उक्त जहाजका यात्रुलाई अर्काे जहाजबाट भैरहवा पठाउन लागिएकाे जनाएको छ।
अहिले उक्त जहाजलाई त्रिभुवन विमानस्थलको ह्याङ्गरमा राखेर प्राविधिक टोलीले चेकजाँच गरिरहेका कम्पनीले जनाएको छ।
72
Shares

प्रतिक्रिया