समाज


काठमाडौं उपत्यकामा बागमतीको बाढीले खतरा तह नाघ्यो, दिउँसोसम्म उच्च सतर्कता आवश्यक

काठमाडौं उपत्यकामा बागमतीको बाढीले खतरा तह नाघ्यो, दिउँसोसम्म उच्च सतर्कता आवश्यक

आज बिहान गुहेश्वरी मन्दिर क्षेत्रको अवस्था। तस्बिर : हरिशरण खनालको फेसबुकबाट।


नेपालखबर
साउन २३, २०८० मंगलबार ९:३३, काठमाडौँ

काठमाडौं उपत्यकामा बागमती नदीको बाढीले खतरा तह पार गरेको छ। यसैगरी विष्णुमती, धोवीखोला, मनोहरालगायतमा पनि जलसतह बढ्दो छ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। 

जल तथा मौसम विज्ञान विभागले आज बिहान ८ बजे सूचना जारी गरी भनेको छ : बागमती नदी खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको र बढ्दो रहेकाले बागमतीको नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले आज दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ।

यसैगरी बिहान साढे ७ बजे जारी अर्काे सूचनामा भनिएको छ : हाल काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोवीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ र खतरा तह पुगेकाले नदीतटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .