ad ad

समाज


महोत्तरीमा तस्करीको सात करोडको सामान भन्सारमा बुझाइयो

महोत्तरीमा तस्करीको सात करोडको सामान भन्सारमा बुझाइयो

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०८० शुक्रबार १०:२५, महोत्तरी

महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको सात करोड ५७ हजार रुपैयाँ बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ। 

आर्थिक वर्ष २०७९/८० मा सशस्त्र प्रहरीले बरामद गरेको सामान भन्सार कार्यालयमा बुझाइएको हो। 

तस्करहरुले ती सामान जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर भित्र्याउँदै गरेको अवस्थामा शसस्त्र प्रहरीले बरामद गरेको थियो।

भन्सार छलेर सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोडमा बुझाइएको सशस्त्र प्रहरी बल ९ नम्बर गण कार्यालयले जनाएको छ। 

सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक लेखनाथ खनालका अनुसार गत आव २०७९/८० मा भारतसँग सीमा जोडिएका जिल्लाको करिब ३९ किलोमिटर क्षेत्रमा विभिन्न नाकाबाट भन्सार छलेर ल्याउन लागिएको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ। 

भन्सार छलीका सामानमा सबैभन्दा बढी सवारीसाधन रहेका छन्। बरामद गरी भन्सारलाई बुझाइएका दुई सय २० सवारीसाधन तीन करोड ४३ लाख मूल्य बराबरका छन्। 

यसैगरी २३ लाख ८२ हजारको पशुचौपाया तथा तीन करोड २३ लाख मूल्यबराबरका अन्य सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको हो। 

बरामद गरिएका अन्य सामानमा एक करोड नौ लाख मूल्यबराबरका किराना र कस्मेटिक सामग्री, ९१ लाख ६० हजारका कपडा, २८ लाख ३० हजारका चौँरी गाईका पुच्छर, २५ लाख ६३ हजारका इलेक्ट्रोनिक्स सामान छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .