समाज


विराटनगरमा साइकल यात्रीलाई कुट्ने भेटुवाल एक लाख धरौटीमा छुटे

विराटनगरमा साइकल यात्रीलाई कुट्ने भेटुवाल एक लाख धरौटीमा छुटे

नेपालखबर
साउन १५, २०८० सोमबार २०:३, काठमाडौँ

मोरङको विराटनगरमा साइकल चालकलाई कुटपिट गरी घिसार्ने आयुस भेटवाल धरौटीमा छुटेका छन्।

मोरङ जिल्ला अदालतले भेटुवालले सोमबार एक लाख रुपैयाँ धरौटीमा छाडेको हो।

भेटुवालविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।

विराटनगर महानगरपालिका–४ दूध फाराम अगाडि सोही ठाउँका १९ वर्षीय आयुष भेटुवालसहित तीन जनाले विराटनगर महानगरपालिका–६ का साइकल यात्री २७ वर्षीय पवन कुमार साह हलुवाईलाई साइकलबाट लडाएर कुटपिट गरेका थिए।

गत असार २० गते दुध फारम अगाडि कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा। १५ च ३४४५ नम्बरको कारमा सवार रहेका आयुस, तेह्रथूमको फेदाप गाउँपालिका–४ का ३० वर्षीय रोसन कार्की र अर्का १७ वर्षीय एक युवकले साइकल चालक हलुवाईलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए।

उनीहरुमध्येका आयुस भेटवाल कारबाट दौडँदै ओर्ली उत्तरबाट दक्षिण आफ्नो घरतर्फ साइकलमा गइरहेको पवनलाई बिनाकारण मुक्काले प्रहार गर्दा उनी सडकमा ढली बेहोस भएका थिए।

त्यस अवस्थामा समेत खुट्टामा समाती अमानवीय शैलीमा सडकमा घिसारेको, आफूसँग साथमा कार हुँदा हुँदै पनि आफैंले कुटपिट गरी बेहोस अवस्थामा पुर्याएको गम्भीर घाइतेलाई उपचारमा लैजानु पर्नेमा सो नगरी ज्यान मर्न सक्ने अवस्थामा पुर्याई छाडी फरार भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुले गरेको कार्यबाट गम्भीर घाइते भएका पवनलाई प्रहरीले उद्दार गरी तत्काल उपचारका लागि अस्पताल नपुर्‍याएको भए उनको सोही स्थानमा नै मृत्यु हुने अवस्था थियो।
उनलाई तत्काल प्रहरी टोलीले फेला पारी उद्दार गरी अस्पतालमा भर्ना गरेका कारण साहको ज्यान बच्न गएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad