ad ad

समाज


कारबाट झरेर साइकल चालकलाई कुटी सडकमा घिसार्ने व्यक्ति पक्राउ

कारबाट झरेर साइकल चालकलाई कुटी सडकमा घिसार्ने व्यक्ति पक्राउ

नेपालखबर
असार २६, २०८० मंगलबार १३:२७, काठमाडौँ

विराटनगरमा साइकल चालकमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत असार २० गते राति ८:३० बजे विपरीत दिशाबाट आइरहेको साइकल चालकमाथि कार चालकले कुटपिट गरेका थिए। विराटनगर महानगरपालिका ४ दूधफारमस्थित कोशी राजमार्गमा साइकल चालक २७ वर्षीय पवन साहलाई विपरीत दिशाबाट जाँदै गरेको बा १५ च ३४४५ नम्बरको कारमा सवार वर्ष १९ को आयुष भेटुवालले कुटपिट गरेका थिए।

साइकलमा आइरहेका उनलाई एक्कासी भेटुवालले मुक्का हिर्काएका थिए। भेटुवाललाई उनका साथीहरू १८ वर्षीय कुशल भेटवाल र ३० वर्षीय रोशन कार्कीले सहयोग गर्का थिए। उनीहरूले घिसारेर सडकपेटीमा फालेका थिए।

उक्त घटनाको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

कुटपिट गर्ने भेटुवाललाई पक्राउ गरिएको र बाँकी दुई जनाको खोजी कार्य भइरहेको प्रहरीले विज्ञप्तिमार्फत् जनाएको छ।

उनीविरुद्ध ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारवाही अघि बढाइएको जानकारी प्रहरीले दिएको छ।

बाँकी २ जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .