ad ad

समाज


लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड ठप्प

लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड ठप्प

नेपालखबर
साउन १४, २०८० आइतबार १२:२, काठमाडौँ

लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार बिहान ९ बजेदेखि पूरै अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन। अहिले सयौँ गन्तव्यतिर हिँडेका सवारीसाधन सडकमै रोकिएका छन्।

यसअघि शनिबार पनि त्यही ठाँउमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको थियो। पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड यो वर्षामा मात्रै दर्जनौँ पटक अवरुद्ध भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .