ad ad

राजनीति


समयअनुसार फरकपन नदिँदा कांग्रेस कमजोर भयो : प्रकाशमान सिंह

समयअनुसार फरकपन नदिँदा कांग्रेस कमजोर भयो : प्रकाशमान सिंह

नेपालखबर
साउन १४, २०८० आइतबार १२:१७, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको मागअनुसार पार्टी चलाउँदा फरकपन ल्याउनुपर्ने बताएका छन्। 

एकअर्कोलाई दोषारोपण गरेर कोही कहीँ नपुग्ने भन्दै उनले पार्टीभित्र आन्तरिक सुधार जरुरी रहेको बताए।

नेता सिंहले उक्त कुरा नेपाली कांग्रेस चितवनले पार्टी कार्यालय चितवनमा आइतबार गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन्। 

एक  कांग्रेसले अर्को कांग्रेसकै नेता कार्यकर्ताविरुद्ध आरोप प्रत्यारोप गर्नाले पार्टी कमजोर हुँदै गएको उनको भननाइ छ। यही कारण पार्टीलाई मजबुत बनाउन नसकिने पनि उनले बताए।

कांग्रेसले आफूमा सुधारको अभियान नथाले जनतासँग जोडिन गाह्रो पर्ने भन्दै उनले पार्टी सुधारको एउटै महत्त्वपूर्ण आधार विधानको कडाइका साथ कार्यनयन रहेको बताए। 

समयभित्र पार्टीले गर्नुपर्ने काम गर्ने हो भने अधिक समस्याको समाधान निस्किने उनले बताए। 

कार्यक्रममा बोल्दै नेता सिंहले समयको माग र जनचाहना अनुरुपका कार्यक्रम लिएर कांग्रेसले जनताको घर आँगनमा पुग्ने पनि उनले बताए।

कांग्रेसभित्र दु:ख मिहिनेत गरेका नेता कार्यकर्ता  मूल्याङ्कन नहुनुले पनि असन्तोष बढिरहेको उनले बताए। 

कांग्रेसमा विचारको बहस कम र गुटगत स्वार्थ बढी हुने गरेको भन्दै यसमासमेत सुधार ल्याउनुपर्ने उनले बताए। नयाँ पार्टी खुल्दैमा कांग्रेस आत्तिनुभन्दा व्यवस्थापन लग्नतिर सबैको ध्यान केन्द्रित हुनुपर्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .