काठमाडौंको मञ्जुश्रीस्थित बागमती किनारा। मंगलबार बिहान लगातारको झरीले नदीको बहाव बढेको थियो। पानी अत्यन्तै धमिलो थियो।
बिहानैदेखि र्याफ्टिङ गर्ने मदन मगरको टोली डुंगामा हावा भर्दै थियो। उनीहरू आइतबार सामाखुसी खोलाले बगाएका साजन आले मगरको खोजीमा लागेका थिए।
र्याफ्टिङ गर्न दख्खल उनीहरू स्वतस्फुर्त रूपमा उनको खोजीकार्यमा सघाउ गर्न पुगेका रहेछन्। मदनसहितको टोलीले काठमाडौंको मञ्जुश्रीदेखि फर्पिङसम्मको नदीमा बालकको खोजी गर्ने योजना बनाएको थियो।

उता, सामाखुसीको रानीबारीमा मंगलबार पनि सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ। फुटसल खेल्न घरबाट निस्किएका साजन आइतबार साँझ ५ बजे देखि बेपत्ता छन्।
सामाखुसी खोला भरिएर भल सडकसम्म पुगेपछि उनी पर्खालबाट किनारमा आउन फड्किएका थिए। सामाखुसी खोलामाथिबाट सामान्य ठानेर हाम फालेका साजन खोलामा खसे।

नजिककै पसल गरेका स्थानीयले साजनलाई निकाल्न जोड गरे पनि भेट्टाउन सकेनन्।
बाबु मनोज आले मगर सामाखुसीदेखि मञ्जु श्रीस्थिति बागमती नदीमा छोराको खोजीमा दौडिरहेका छन्। आमा तारा वैदेशिक रोजगारीमा छिन्।
रानीबारीदेखि नजिकै सामाखुसी चोकमा २०७४ सालमा पनि एक जना बालिका ढलमा डुबेकी थिइन्। तत्कालिन मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाकोतर्फबाट बालिकाको एक लाखको बीमा गरिदिए।
तर यो ढल अहिले पनि खुला छ। त्यहाँ लगाइएका फलामे बारका बारा भाँचिएका छन्।
भिडिओः



भिडिओ

प्रतिक्रिया