पशुहरूमा कृत्रिम गर्भाधान गराउने क्रम बढ्दो रहेको छ। विगतका वर्षहरूको तुलनामा गत आर्थिक वर्षमा कृत्रिम गर्भाधान गराउने पशुको संख्या बढेको हो।
कार्यालयको तथ्यांकअनुसार ५४ हजार पाँच सय तीन गाई, चार हजार एक सय ५४ भैँसी र चार सय बाख्रामा कृत्रिम गर्भाधान गराइएको हो। जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालिएको तथ्यांक रहेको छ। बाख्रा तीन लाख १२ हजार पालिएको छ।
उनका अनुसार कृत्रिम गर्भाधानले नातागोता प्रजनन् रोक्न यो कार्यक्रम सञ्चालन गरिएको हो। कृषकलाई साँढे र राँगो पाल्नुपर्ने बाध्यताबाट हटाउन र सरुवा रोगको खतरा कम गर्न कृत्रिम गर्भाधानले सहयोग गर्ने गरेको उनले बताए।
Shares

प्रतिक्रिया